गुल्मीमा एक महिला र दुई बालिकाको शव फेला

गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ।
एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको दुई सय ३० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।
महिला अन्दाजी २७ र बालिकाहरू एउटा अन्दाजी ७ र अर्को ११ वर्षको रहेको घलेले बताए।
घटनास्थल सरमुकाम तम्घासबाट साढे ५ घन्टाको सवारी दूरीमा रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस