बाजुरामा एक सुत्केरीको मृत्यु

बाजुराको त्रिवेणी नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ छताराका ३७ वर्षीया रजिया नेपाली रहेकी छन्। रजियालाई सुत्केरी वेथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा ल्याएका थिए। उनको शनिबार बिहान ज्यान गएको हो। स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जीवितै जन्मदिएकी थिइन्। नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य चौकी पुगेकी थिइन्। शिशुलाई जन्मदिएको केही घण्टापछि बेहोस भएर रजियाको स्वास्थ्यचौकीमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिए। स्वास्थ्य संस्था नजिक नहुँदा र सबै ठाउँसम्म सडकको पहुँच नहुँदा पनि नियमित गर्भजाँच र सुत्केरी गराउन समस्या हुने गरेको छ। बाजुराका हरेक ठाउँका स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउने गरेका छन्। नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्यकर्मीको परामर्श नलिने गरेकै कारण जिल्लामा सुत्केरीले अकालमै ज्यान गुमाउन बाध्य छन्। जिल्लाबाट यसअघि ५ जना सुत्केरीको हेलिकोप्टरबाटै उद्दार गरेर ज्यान बचाइएको थियो।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस