बाजुरामा एक सुत्केरीको मृत्यु
बाजुराको त्रिवेणी नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ छताराका ३७ वर्षीया रजिया नेपाली रहेकी छन्। रजियालाई सुत्केरी वेथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा ल्याएका थिए। उनको शनिबार बिहान ज्यान गएको हो। स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जीवितै जन्मदिएकी थिइन्। नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य चौकी पुगेकी थिइन्। शिशुलाई जन्मदिएको केही घण्टापछि बेहोस भएर रजियाको स्वास्थ्यचौकीमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिए। स्वास्थ्य संस्था नजिक नहुँदा र सबै ठाउँसम्म सडकको पहुँच नहुँदा पनि नियमित गर्भजाँच र सुत्केरी गराउन समस्या हुने गरेको छ। बाजुराका हरेक ठाउँका स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउने गरेका छन्। नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्यकर्मीको परामर्श नलिने गरेकै कारण जिल्लामा सुत्केरीले अकालमै ज्यान गुमाउन बाध्य छन्। जिल्लाबाट यसअघि ५ जना सुत्केरीको हेलिकोप्टरबाटै उद्दार गरेर ज्यान बचाइएको थियो।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस