नवजात शिशु मारेर गाड्ने १५ बर्षिया आमा
मोरङमा नवजात शिशु मारेर गाडिएको अवस्थामा भेटिएको छ। मारेर गाडेको आरोपमा एक बालिकालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ की १५ वर्षीया बालिकालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
गाडिएको अवस्थामा भेटिएको शिशुकी आमा ती बालिका रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर रामबहादुर ढकालले जानकारी दिए। उनका अनुसार स्थानीय मेनुका दवाडीको घर पछाडी रहेको करेसाबारीमा मंगलबार सात महिनाको शिशुको शव गाडिएको अवस्थामा फेला परेको थियो।
टमाटर रोप्ने क्रममा हातले माटो खोस्रदा शिशुको हात तानेपछि मेनुकाले आत्तिएर प्रहरीलाई खबर गरेकी थिइन्। सालनालसमेत नकाटेको करिब एकफिट खनेर गाडेको अवस्थामा शिशुको शव भेटिएको इन्सपेक्टर ढकालले बताए।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस