• जीवनशैली | Jiwanshaili
  • नवजात शिशु मारेर गाड्ने १५ बर्षिया आमा


    मोरङमा नवजात शिशु मारेर गाडिएको अवस्थामा भेटिएको छ। मारेर गाडेको आरोपमा एक बालिकालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ की १५ वर्षीया बालिकालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

    गाडिएको अवस्थामा भेटिएको शिशुकी आमा ती बालिका रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर रामबहादुर ढकालले जानकारी दिए। उनका अनुसार स्थानीय मेनुका दवाडीको घर पछाडी रहेको करेसाबारीमा मंगलबार सात महिनाको शिशुको शव गाडिएको अवस्थामा फेला परेको थियो।

    टमाटर रोप्ने क्रममा हातले माटो खोस्रदा शिशुको हात तानेपछि मेनुकाले आत्तिएर प्रहरीलाई खबर गरेकी थिइन्। सालनालसमेत नकाटेको करिब एकफिट खनेर गाडेको अवस्थामा शिशुको शव भेटिएको इन्सपेक्टर ढकालले बताए।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस