• जीवनशैली | Jiwanshaili
  • यी कारण पति पत्नी बीचको सम्बन्ध चकनाचुर हुन्छ


    हरेक मानिस सच्चा प्रेमको परिभाषाको अर्थ भुल्ने गर्दछ । विवाह पश्चात् पति पत्नी बिचको सम्बन्ध त्यही प्रेममा अडेको हुन्छ । जसको परिभाषा तथा त्यसलाई निभाउने तरिका थाहा नहुँदा विवाहित जोडीको सम्बन्ध बन्नु भन्दा पहिले नै टुट्ने गर्दछ । सम्बन्ध बिग्रिने कारण धेरै हुने हुन सक्छ तर मुख्य कारण भनेको पति पत्नीको मन भड्किनु हो । किन पति पत्नीको मन अन्य कतै जान्छ त रु आज हामी यस विषयमा चर्चा गर्नेछौँ । असल सम्बन्ध निर्माणको गर्ने चाहना हुँदा हुँदै पनि यी कुराका कारण मन बस्न सकेको हुँदैन ।

    १) शारीरिक आकर्षण
    यदि तपाईँ सम्बन्धमा हुँदा हुँदै पनि कोही दोस्रो व्यक्ति सँग आकर्षित हुनुहुन्छ भने यसको कारण भनेको शारीरिक आकर्षण हो । मनको सुन्दरता भन्दा पनि शारीरिक आकर्षण को चाहना बढ्नु यसको प्रमुख कारण हो । यस कारण पति पत्नी बिच मनको आकर्षणका साथै शारीरिक आकर्षण कायम राख्नको निम्ति ध्यान दिनु आवश्यक हुन्छ । न कि दोस्रो व्यक्ति तर्फ मन लगाउने तर्फ ध्यान जाओस् ।

    २) नयाँपनको महसुस नहुनु
    पति पत्नी बिच यदि सम्बन्धमा केही नयाँ हुँदैन भने मनको सम्बन्ध कमजोर हुँदै जान्छ । फरक प्रकृतिको व्यवहारले आपसमा सामीप्य कायम राख्न मद्दत गर्दछ बेलाबेलामा फरक परिस्थितिको सृजना तथा शब्दहरूको प्रयोगले प्रेमलाई जीवन्तता कायम राख्न मद्दत गर्दछ । यदि समय समयमा मायाको प्रस्ताव गर्दा एक आपसमा सम्बन्धमा नयाँपन ल्याउन सक्छ ।

    ३) समय
    कुनै पनि सम्बन्धलाई मजबुत बनाई राख्न एक आपसलाई समय दिनु अति आवश्यक हुन्छ । यदि तपाईँ आफ्नो पार्टनरलाई कम समय दिनु हुन्छ भने मन अन्तै जान सक्छ त्यस कारण एक आपसलाई समय दिनु सम्बन्ध मजबुत बनाउन महत्वपुर्ण हुन जान्छ ।

    ४) स्पष्टता
    भनिन्छ कि शङ्काको कुनै उपचार नै छैन । यदि पति पत्नीको सम्बन्धमा शङ्काको प्रवेश हुन्छ भने सम्बन्ध चकनाचुर हुन्छ । सम्बन्ध बिग्रिनु भन्दा पहिले नै हामीले स्पष्टता हुनु आवश्यक हुन्छ ।मनमा केही कुरा छ भने सङ्कोच नराखी व्यक्त गरी उक्त कुरामा स्पष्टता भए सम्बन्धमा आउन सक्ने खराबी त्यँहि अन्त्य हुन्छ । जति कुरा लुकाए उति शङ्काको दायरा फराकिलो हुन्छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस