महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष छवि पक्राउ
कैलालीमा महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन् । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि दुब्यवहार गरेको आरोपमा कैलालीको मोहन्याल गाउँपालिकाका एक वडाध्यक्ष पक्राउ परेका हुन्। वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन्। पीडित महिलाको निवेदनका आधारमा वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस