महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष छवि पक्राउ

कैलालीमा महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन् । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि दुब्यवहार गरेको आरोपमा कैलालीको मोहन्याल गाउँपालिकाका एक वडाध्यक्ष पक्राउ परेका हुन्। वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन्। पीडित महिलाको निवेदनका आधारमा वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस