यसरी घटाउन सकिन्छ मोटोपन

वरिष्ठ मनोचिकित्सकले मोटोपन घटाउन आफैलाई दोष दिन नहुने या चिन्ता गर्न नहुने भनिएको छ। भर्खरै भएको एक अध्ययन प्रतिवेदनले मोटो मानिसमाथिको लाञ्छना कम गर्न उनीहरूलाई प्रयोग गर्ने शब्दमा परिवर्तन गर्नुपर्ने सल्लाह दिएको छ। अध्ययनले ‘मोटो व्यक्ति’को सट्टा मोटोपनले ग्रस्त मानिस भन्नुपर्ने सल्लाह दिएको हो।
यो पनि भनेको छ कि, यस्तो शब्दले उनीहरूमा तौल घटाउनका लागि सहयोग पुग्नेछ। हालै क्यान्सर च्यारिटी संस्थाले एउटा विज्ञापन सुरु गरेको छ, जसमा मोटोपन घटाउने बढी आलोचना गरिएको छ। सन् २००५ देखि २०१७ सम्ममा मोटोपनको दर १८ प्रतिशतले वृद्धि भएको छ। स्कटल्यान्ड तथा आयरल्यान्डमा पनि उही दरले वृद्धि भएको थियो। बेलायतमा चार युवामध्ये एकजना मोटोपनको सिकार भएका छन्।
बेलायती साइकोलोजिकल सोसाइटीको प्रतिवदेनले औंल्याएको छ, ‘यो वृद्धिबाट पूरै बेलायत आत्तिनुपर्दैन किनकि उनीहरूभित्र कुनै जटिल समस्या छ। प्रतिवेदनमा उल्लेख छ– जुन मानिसमा तौल बढ्ने शंका हुन्छ, उही व्यक्तिमा बढी खाने र निष्क्रिय रहने इच्छा बढी हुन्छ।
जसअनुसार गरिब बस्तीमा बस्ने मानिसमा अन्य मानिसको तुलनामा तनाव बढी हुन्छ। उनीहरूमा छिमेकीकोमा खाने, शारीरिक व्यायाम गर्ने अवसर तथा पोषणयुक्त खानाको सुविधा कम हुन्छ।
सो प्रतिवदेनका अनुसार यसमा मानसिक अनुभवको बढी भूमिका हुन्छ। मोटोपनबाट छुटकारा पाउन खोज्नेहरूको युवावस्था तथा बाल्यकाल मुस्किलले गुज्रेको हुन्छ। यसका साथै सार्वजनिक स्वास्थ्य अभियान, नर्स, फिजिसियन तथा नीतिनिर्माताको तहमा लाज मान्नुको कारण खाने इच्छा बढ्छ साथै तौल पनि बढ्छ।
प्रतिवेदनमा बेटफोर्डसायर विश्वविद्यालयका मनोचिकित्सक डा. एंगेल चेटरले मनोचिकित्सकले आफ्ना स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्न सक्छन्, ताकि मोटोपनबारे पर्याप्त छलफल होस् भनेका छन्। उनी भन्छन्, ‘मोटोपनको उपचार कठिन हुन्छ भन्ने सन्देश दिन यो प्रतिवेदन तयारी पारिएको होइन।’ उनका अनुसार मोटोपन घटाउने इच्छा भए पनि राम्रो भोजनको सुरुवाती जीवन छैन भने मुस्किल हुन्छ। एजेन्सी
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस