त्रिभुवन विश्वविद्यालय परिसरमै यौन दुर्व्यवहार बढ्यो, केटी देख्ने वित्तिकै हस्तमैथुन गर्छन्

त्रिभुवन विश्वविद्यालय परिसरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेका छन् । कीर्तिपुर स्थित विश्व विद्यालय परिसरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेको भन्दै प्रहरीमा उजुरीसमेत परेको छ ।
त्रिवि परिसरमा अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको भन्दै केन्द्रीय क्याम्पसमा अध्ययनरत छात्राहरुले प्रहरीमा उजुरी दिएका हुन् ।
विश्वविद्यालयको तीनकुनेदेखि केन्द्रीय पुस्तकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने बाटोमा युवाहरुले यौन दुर्व्यवहार गर्ने प्रयास गरेको उजुरीमा उल्लेख छ ।
‘केटी देख्ने वित्तिकै जिस्काउने र हस्तमैथुन गर्ने जस्ता क्रियाकलाप युवा समूहरुले गर्न थालेपछि उजुरी दिन बाध्य भएका हौं,’ एक छात्राले भनिन्, ‘केही छात्राहरु दुर्व्यवहारमासमेत परिसकेका छन् । उनले यसमा बेलैमा सचेत हुनुपर्ने बताइन् । कान्तिपुरबाट
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस