त्रिभुवन विश्वविद्यालय परिसरमै यौन दुर्व्यवहार बढ्यो, केटी देख्ने वित्तिकै हस्तमैथुन गर्छन्
त्रिभुवन विश्वविद्यालय परिसरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेका छन् । कीर्तिपुर स्थित विश्व विद्यालय परिसरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेको भन्दै प्रहरीमा उजुरीसमेत परेको छ ।
त्रिवि परिसरमा अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको भन्दै केन्द्रीय क्याम्पसमा अध्ययनरत छात्राहरुले प्रहरीमा उजुरी दिएका हुन् ।
विश्वविद्यालयको तीनकुनेदेखि केन्द्रीय पुस्तकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने बाटोमा युवाहरुले यौन दुर्व्यवहार गर्ने प्रयास गरेको उजुरीमा उल्लेख छ ।
‘केटी देख्ने वित्तिकै जिस्काउने र हस्तमैथुन गर्ने जस्ता क्रियाकलाप युवा समूहरुले गर्न थालेपछि उजुरी दिन बाध्य भएका हौं,’ एक छात्राले भनिन्, ‘केही छात्राहरु दुर्व्यवहारमासमेत परिसकेका छन् । उनले यसमा बेलैमा सचेत हुनुपर्ने बताइन् । कान्तिपुरबाट
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस