नाकभित्र दाँत पलाएपछि

मान्छेको नाकभित्र दाँत पलाएको सुन्नुभएको छ रु सुन्नुभएको छैन भने तपाइलाई वास्तविक समाचार हामी सुनाउँछौं । यो घटना हाम्रै छिमेकी देश चीनको हो । ३० वर्षीय झाङ्ग बिन्सेंग नाक बन्द भएपछि उपचारका लागि अस्पताल पुगे ।
डाक्टरले नाकको एक्सरे गराए । त्यतिबेला उनको नाथ्रीमा एक सेन्टिमिटरको दाँत पलाएको पाइयो । यो उनको २० वर्षदेखिको समस्या हो । तर ३ महिना अघिदेखि राति सुत्ने बेलामा सास फेर्न समस्या भएको र सुँघ्ने क्षमता घट्दै गएपछि उनी अस्पताल पुगेका थिए ।
१० वर्षको उमेरमा लड्ने क्रममा दाँत टुक्रिएर उनको नाकभित्र छिरेको थियो । त्यहिँ दाँतले जरा विकसित गरेको थियो । दाँतलाई डाक्टरले ३० मिनेटको शल्यक्रियापछि निकालेका छन् । डाक्टर गुओ लान्मेइले भनेका छन्, ‘जब नाकमा दाँत गयो, त्यतिबेला त्यो निकाल्न सकिएन, त्यहि विकास भएर अहिले समस्या भएको हो ।’
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस