नाकभित्र दाँत पलाएपछि
मान्छेको नाकभित्र दाँत पलाएको सुन्नुभएको छ रु सुन्नुभएको छैन भने तपाइलाई वास्तविक समाचार हामी सुनाउँछौं । यो घटना हाम्रै छिमेकी देश चीनको हो । ३० वर्षीय झाङ्ग बिन्सेंग नाक बन्द भएपछि उपचारका लागि अस्पताल पुगे ।
डाक्टरले नाकको एक्सरे गराए । त्यतिबेला उनको नाथ्रीमा एक सेन्टिमिटरको दाँत पलाएको पाइयो । यो उनको २० वर्षदेखिको समस्या हो । तर ३ महिना अघिदेखि राति सुत्ने बेलामा सास फेर्न समस्या भएको र सुँघ्ने क्षमता घट्दै गएपछि उनी अस्पताल पुगेका थिए ।
१० वर्षको उमेरमा लड्ने क्रममा दाँत टुक्रिएर उनको नाकभित्र छिरेको थियो । त्यहिँ दाँतले जरा विकसित गरेको थियो । दाँतलाई डाक्टरले ३० मिनेटको शल्यक्रियापछि निकालेका छन् । डाक्टर गुओ लान्मेइले भनेका छन्, ‘जब नाकमा दाँत गयो, त्यतिबेला त्यो निकाल्न सकिएन, त्यहि विकास भएर अहिले समस्या भएको हो ।’
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस