बलात्कार हुन लागेकी २१ बर्षीय युवतीलाई बचाएकाले नै जब साथी बोलाएर गरे सामूहिक बलात्कार
भारतमा एक २१ वर्षे युवतीलाई पाँच पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कार हुन लागेकी २१ बर्षीय युवतीलाई बचाएकाले नै थप चार जना साथी बोलाएर सामुहिक बलात्कार गरेको घटना सावैजनिक भएको छ ।
घटना बुधबार राती साढे ८ बजे नोयडाको सेक्टर ६३ स्थित एक पार्कमा भएको थियो । घटनास्थलबाट जम्मा ५०० मिटरको दुरीमा एक प्रहरी पोष्ट छ ।
प्रहरीले घटनासम्बन्धमा चार व्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामको कुरा गर्न बोलाउने रवी भन्ने व्यक्ति पनि छन् । उनले सुरुमा युवतीलाई बलात्कार गर्ने प्रयास गरेका थिए ।
प्रहरीका अनुसार नोइडामा परिवारसँग बस्ने युवती बुधबार रवीले भेट्न बोलाएपछि सेक्टर ६३ गएकी थिइन् । एक म्यानपावर एजेन्सीमा पिऊनको काम गर्ने रवीले युवतीलाई काम मिलाइने दिनेबारे थप कुराकानी गर्न बोलाएका थिए ।
रवीले कुराकानी सहज हुने भन्दै नजिकको पार्क जान महिलालाई सहमत गराएका थिए । तर, साँझको समय सुनसान रहेको पार्कमा रवीले युवतीलाई बलात्कार गर्ने प्रयास गरे । तर महिलाले रवीको हरकर्तको प्रतिरोध गर्दै सहयोगको लागि चिल्लाईन् ।
उनको सहयोगको याचना सुनेर दुई पुरुष त्यहाँ पुगेका थिए जसले रवीलाई पिटेर भगाईदिएका थिए ।
रवी भागेपछि गुड्डु र शमु नामका ती पुरुषले नै महिलालाई बलात्कार गरे । अझ तिनले थप तीन साथीलाई बोलाएर महिलालाई पालैपालो बलात्कार गरेका थिए । पछि आउनेहरुको नाम ब्रिजकिशोर, पिताम्बर र उमेश थियो ।
पिडित महिलाले घटना भए लगतै राती साढे नौमा प्रहरीकहाँ पुगेर उजुरी दिएकी थिइन् । त्यसपछि , नाजुक अवस्थामा रहेकी महिलालाई अस्पतालमा भर्ना गरिएको थियो ।
ती पाँच पुरुषले हिडने बेला बलत्कृत युवतीलाई निर्घात कुटेकाले उनको अवस्था झन् नाजुक भएको थियो । उपचारपछि पिडित युवतीको अवस्था खतरामुक्त रहेको घटना भएको गौतम बुद्ध नगर जिल्लाका एसएसपी भैरव कृष्णले बताए ।
गौतम बुद्ध नगर जिल्लाका प्रमुख चिकित्सक अधिकारी अनुराग भारगावले पिडित युवती खतरामुक्त भएपनि अझै भयवित रहेकी बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस