उपल्लो डोल्पाका स्थानीयको बाध्यता : गुम्बाको लामानै डाक्टर !

जाजरकोट- भौगोलिक विकटतासँगै विभिन्न समस्याबाट गाँजिएको उपल्लो डोल्पाका स्थानीयवासी आम्ची (लामाको औषधि) का भरमा उपचार गर्न बाध्य छन्। वर्षमा एक पटक मात्र औषधि उपल्लो डोल्पामा लैजाने गरेको स्थानीयवासीले बताएका छन्।
उपल्लो डोल्पामा बसोबास गर्ने आम्ची (गुम्बाका लामा)ले जङ्गलबाट ल्याएको जडीबुटीलाई औषधि बनाएर प्रयोग गरी स्थानीयवासीको उपचार गर्दै आएका छन्।
भूगोलका हिसाबले नेपालकै ठूलो जिल्ला भए पनि सेवा र सुविधाका हिसाबले यहाँको जनजीवन निकै कष्टकर छ। उपल्लो डोल्पामा रहेका स्वास्थ्य संस्था पायक पर्ने ठाउँमा नहुँदा आम्चीले बनाएको औषधिका भरमा यहाँका बिरामीको उपचार हुँदै आएको स्थानीयवासीको गुनासो छ।
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा अत्यधिक चिसो हुनुका साथै विकेन्द्रीकरण बसाइँका कारण सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन नसकेको स्थानीय तहले बताउँदै आएका छन्। डोल्पोबुद्धका वडा नं ५ र ६ का वडामा वार्षिक एकपटक मात्र औषधि पुग्ने गरेको सिमेन्टकी डयाङ लामाले दुखेसो पोखे।
उनले भने, ‘गाउँपालिकाको १ नं धोमा स्वास्थ्यचौकी छ, सिमेन्ट र तिन्जेमा स्वास्थ्य संस्था छैन, सामान्य टाउको, रुघाखोकी लाग्दा पनि औषधि नहुँदा स्थानीयवासी आम्चीसम्म पुगेर उपचार गर्छन्।’ नजिक स्वास्थ्य संस्था नहुनु र दैनिक आम्ची हुने ठाउँमा गएर उपचार गराउन यहाँका स्थानीयवासी आम्चीलाई भगवान सरह मान्दै आएको उनको भनाइ छ।
स्वास्थ्य सेवा मात्र होइन, हरेक कुराले दैनिक पिरोलेको डोल्पोबुद्ध–१ का वडाध्यक्ष ग्याल्बो थापा भोटेले बताए। उनले भने, ‘धो स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी छैनन्, स्वास्थ्यकर्मी समायोज भएर बाहिर गएपछि समस्या भएको हो।’ स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधिसमेत नहुँदा आम्चीका भर पर्नुपर्ने बाध्यता उपल्लो डोल्पावासीका लागि बाध्यता हो।
तल्लो डोल्पाबाट आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पाका स्थानीयवासी कोहीँ त्यहाँ बसेका छन् भने कोही जाजरकोट, नेपालगञ्ज, काठमाडौँ र सुर्खेत आइसकेका काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायले बताए। रासस
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस