• जीवनशैली | Jiwanshaili
  • पत्नी पीडित पुरुषकाे गुहार,पत्नी झिकाइ दिन प्रशासनमा उजुरी


     पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका छन् ।

    त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ ।

    महिना दिनअघि रामग्राम नगरपालिका १५ का २० बर्षीय एक युवा प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइ दिन निवेदन लिएर पुगे ।

    गत बैशाखमा रुपन्देही जिल्लामा विवाह गरेका उनले पत्नी लिन पटक पटक गए पनि नआएको भन्दै निवेदन दिएका हुन ।

    विवाह भएको दुई महिनामै पत्नी माइत गएको निवेदनमा उल्लेख छ । आफूले खान लाउन दिए पनि माईत गएपछि विनाकारण घर नफर्केको उनको भनाइ छ ।

    ससुरालीले पनि छोरी नपठाउने भन्दै आफूलाई फर्काउने गरेको उनले बताए ।

    ‘धेरैपटक पत्नी लिन पुगें तर उनीले आउन नमानेपछि ससुरालीले पनि पठाएनन्,’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीसमक्ष निवेदन पेसेका उनले भने ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस