यसरी जोगाउनुस् चिसोमा आफ्नो अनुहार
एजेन्सी- यतिबेला जाडोयाम सुरु भइसकेको छ। जाडो सुरु भएसँगै आफ्नो सुख्खा भएको छालालाई कसरी मुलायम तथा चम्किलो राख्ने भनेर तपाई चिन्तित हुनुहुन्छ रु हुनुहुन्छ भने त्यस्को लागि सजिलो विकल्प छ। हामी घरेलु उपायबाट सजिलै तपाईहरुलाई जाडोमा आफ्नो शरीरलाई जोगाउने विकल्प र त्यसबाट हुने फाइदा बताउँदै छौं।
१. चिसो मौसममा शरिर ढाक्ने लुगा लगाउनुपर्छ। अघिल्लो वर्ष थन्क्याएर राखेका लुगा सिधै प्रयोग गर्दा छालामा एलर्जी हुन सक्छ, त्यसैले यस्ता कपडा प्रयोगमा ल्याउँदा धोएर, वा घाममा सुकाएर मात्र प्रयोगमा ल्याउनुपर्छ।
२. नुहाउँदा मनतातो पानीको प्रयोग गर्ने हो भने छाला सुख्खा हुन पाउँदैन र नुहाउँदा कडा साबुनको प्रयोग पनि गर्न हुदैन।
३. राति सुत्नु अघि मेकअप हटाएर आफ्नो छालालाई राम्रोसँग क्लिन्जरले सफा गरेर छालालाई सुहाउदो क्रिम लगाउनुपर्छ। यसो गर्दा छाला सुख्खा हुन पाउदैन।
४. गर्मी मोैसमको भन्दा अझै प्रभावकारी हुने खालको मोस्चराइजरको प्रयोग गर्नुपर्छ।
५. हरिया सागपातसाथै प्रशस्त पानी पिउने त्यस्तै, गालामा भएको छिद्र तथा नाकमा भएको ब्ल्याकहेड्सको पनी स्क्रब गर्न सकिन्छ। यसरी स्क्रब गर्दा घरेलु उपाय पनी अपनाउन सकिन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस