तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने बालकलाई कैद सजाय
सप्तरी- तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई बिहिबार साढे एक वर्ष कैद सजाय भएको छ।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले अभियोग दाबी पुग्ने फैसला गर्दै आरोपित किशोरलाई साढे एक वर्ष कैद र रु दुई हजार जरिवानाको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ।
गर्मी महिनामा घरको कोठा खुला राखी सुतिरहेका बेला २०७५ असोज २ गते राति घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। बलात्कार प्रयास गर्दा पीडित रोएपछि आफूले थाहा पाएको र आरोपित फरार भएको पीडितका बुवाले बताए।
उजुरी परे लगत्तै पक्राउ परेका किशोर सप्तरी जिल्ला अदालतको आदेशमा ०७५ असोज २२ गतेदेखि बालसुधार गृह बिराटनगरमा छन्।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस