महासेठ मन्त्रीबाट हटेपछि मतदाताले यसरी खुसी व्यक्त गरे
धनुषा- भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबाट रघुबिर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा मैनबत्ती (क्यान्डल) बालेर गरी स्थानीय मतदाताले खुसी मनाएका छन्। बिहीबार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा स्थानीय मतदाताहरुले मैनबत्ती बालेर खुसी मनाएका हुन्।
मैनबत्ती बाल्नमा सहभागी स्थानीय मिथिलेश यादवले चुनावमा जिताउन सहयोग गरेपनि अहिले आएर वेवास्ता गरेका कारण मन्त्रीबाट हटाउँदा खुशी भएको बताए। उनले भने, ‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गरेका थियौं। तर उहाँ मन्त्री बनेपछि यहाँका ३/४ जना कार्यकर्तालाई मात्र सहयोग गर्नुहुन्छ। र ति व्यक्तिहरु यहाँ दादागिरी देखाउँछन्। त्यसैले मन्त्रीबाट हटाउँदा हामी खुसी भएका छौं।’
लक्ष्मीनियाँका वडाध्यक्ष ४ का वडाध्यक्ष राकेश साह पनि क्यान्डल बाल्ने कार्यक्रममा सहभागी थिए। उनी समेत क्यान्डल बालेर खुसी मनाएको स्थानीयले समेत बताए।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस