महासेठ मन्त्रीबाट हटेपछि मतदाताले यसरी खुसी व्यक्त गरे

धनुषा- भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबाट रघुबिर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा मैनबत्ती (क्यान्डल) बालेर गरी स्थानीय मतदाताले खुसी मनाएका छन्। बिहीबार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा स्थानीय मतदाताहरुले मैनबत्ती बालेर खुसी मनाएका हुन्।
मैनबत्ती बाल्नमा सहभागी स्थानीय मिथिलेश यादवले चुनावमा जिताउन सहयोग गरेपनि अहिले आएर वेवास्ता गरेका कारण मन्त्रीबाट हटाउँदा खुशी भएको बताए। उनले भने, ‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गरेका थियौं। तर उहाँ मन्त्री बनेपछि यहाँका ३/४ जना कार्यकर्तालाई मात्र सहयोग गर्नुहुन्छ। र ति व्यक्तिहरु यहाँ दादागिरी देखाउँछन्। त्यसैले मन्त्रीबाट हटाउँदा हामी खुसी भएका छौं।’
लक्ष्मीनियाँका वडाध्यक्ष ४ का वडाध्यक्ष राकेश साह पनि क्यान्डल बाल्ने कार्यक्रममा सहभागी थिए। उनी समेत क्यान्डल बालेर खुसी मनाएको स्थानीयले समेत बताए।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस