जनकपुरकी अनिषाले जन्माइन् तिम्ल्याहा बच्चा
धनुषा- जनकपुरधाम उपमहानगरपालिका १ की एक महिलाले तीनवटा बच्चा जन्माएकी छिन्। बजरंगप्रसाद जयसवालकी श्रीमती २६ वर्षीया अनिषा जयसवालले बिहीबार तीनओटा बच्चा जन्माएकी हुन्।
तीनवटा बच्चमध्ये एक छोरा र दुई छोरी छन्। छोराको तौल २ किलो, छोरीहरुको क्रमशः १ किलो ७ सय ग्राम र १ किलो ५ सय ग्राम रहेको छ। छोरीमध्ये एककको स्वास्थ्य अवस्था गम्भिर छ। उनको अहिले अस्पतालको एनआइसियुमा राखेर उपचार भैरहेको छ।
एक छोरा, एक छोरी र आमाको स्वास्थ्य अवस्था सामान्य छ। बुधबार उनी धनुषा अस्पतालमा भर्ना भएकी थिइन्। शल्यक्रियाबाट तीनवटा बच्चा निकालिएको हो।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस