ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

मोरङ बेलबारी नगरपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० वर्षीय बलबहादुर लिम्बूको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजे पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम वसन्तपुर नगरपालिका-४ का लिम्बूलाई ठक्कर दिएको हो।
ठक्करले गम्भीर घाइते भएका लिम्बूको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
ठक्कर दिने ट्रक र चालक बारा निजगढ नगरपालिका-९ का २५ वर्षीय रमेश बर्तौलालाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस