महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला छाउगोठमा २१ वर्षीया युवतीको मृत्यु
अछाममा छाउगोठमा एक युवतीको मृत्यु भएको छ।
जिल्लाको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको हो । २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साफेवगरका इन्सपेक्टर नरपती भट्टले बताए। मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकि पार्वती १८ महिना पहिले विहे गरेर सिद्धेश्वर आएकी थिइन्।

आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी हुन्। बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको जेठाजु छत्र रावतले जानकारी दिए। छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको छ। के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ।

उनी महिनावारी भएको ४ दिन भएको थियो। मृतकका श्रीमान करन रावत ६ देखि रोजगारीको सिलसिलामा भारतमा रहेको वडा अध्यक्ष कृष्ण बुढाले बताए। अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस