पति मेट्रो रेलमा हामफाले पछि पाँच वर्षीया छोरीसहित एक महिलाले गरिन झुण्डिएर आत्महत्या
भारतको उत्तर प्रदेशस्थित नोएडामा शुक्रबार एक विस्मयकारी घटना घटेको छ । नोएडा निवासी एक व्यक्तिले दिल्ली मेट्रो रेलको अघि हाम्फालेर आत्महत्या गरे भने त्यसको लगत्तै उनकी पत्नीले घरमा पाँच वर्षीया छोरीसहित झुण्डिएर आत्महत्या गरेकी छन् ।
प्रहरीका अनुसार ३३ वर्षीय भरत जे. नामक व्यक्तिले शुक्रबार करिब ११ः३०तिर जवाहरलाल नेहरू मेट्रो स्टेशनमा कुदिरहेको रेलको अगाडि हाम्फालेर आत्महत्या गरेका थिए । त्यसपश्चात उनको शवलाई प्रहरीले राममनोहर लोहिया अस्पताल पु¥याएका थिए ।
अस्पतालमा उनको शव लगिसकेपछि प्रहरीले परिवारलाई खबर गरेको थियो । प्रहरीले खबर गरेपछि भरतकी पत्नी शिवरञ्जनी आफ्नो देवरका साथ अस्पताल पुगेका थिए । पतिको आत्महत्याको खबर भावविह्वल भएकी शिवरञ्जनी त्यसपछि आफ्नो घर फर्किइन् ।
नोएडा सेक्टर १२८ स्थित आफ्नो घर पुगेर शिवरञ्जनीले पाँच वर्षकी आफ्नी छोरीसँगै पङ्खामा झुण्डिएर आत्महत्या गरेकी हुन् । शिवरञ्जनीकी देवर कार्तिकका अनुसार उसको परिवार आर्थिक समस्याबाट गुज्रिरहेको थियो ।
कार्तिकका अनुसार भरत एक निजी कम्पनीमा जनरल म्यानेजरमा पदमा कार्यरत थिए । उनी २०१९ को सेप्टेम्बरमा भारत फर्किएका थिए । त्यसअघि उनी काठमाडौँस्थित बिग मार्ट सपिङ मलमा काम गर्दथे । हाल प्रहरीले उक्त घटनाको छानबिन गरिरहेको जनाए
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस