रिसले सौतेनी छोरा र छोरीलाई तरकारीमा विषादी हालेर खुवाउँदा आफै पुगिन मृत्युकाे मुखमा

वीरगञ्जमा एक महिलाको तरकारीमा विषादी हालेर खाँदा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मीको मृत्यु भएको हो ।
घरयासी झगडाको आक्रोशमा उनले तरकारीमै विषादी हालेर परिवारका अन्य सदस्यहरुलाई समेत खुवाएकी थिइन् ।
विषादी हालेर पकाइएको तरकारी खाएका उनका आफ्नै नाबालक छोरा र ३ सौतेनी छोरा र १ छोरी गरी ५ जना पनि सिकिस्त बिरामी भएका छन् । राधिकादेवीले गएराति गहुँबालीमा छर्ने बिषादी तरकारीमा हालेर आफुसहित परिवारका सदस्यहरुलाई पनि खुवाएकी थिइन् । गम्भीर बिरामी भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि गएराति नै वीरगन्जको तराई अस्पतालमा पुरयाइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको हो । विषादी हालिएको तरकारी खाएर बिरामी परेका राधिकाका आफनै छोरा ३ वर्षीय विवेक कुमार तथा सौतेनी पटट्टीका तीन छोरा र एक छोरीको भने अवस्था गम्भिर रहेको जनाइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस