जाडोमा शरीरको तौल बढ्न सक्छ, तौल घटाउन यी आहार खानुस्

जाडोमा शरीरको उचित पाचन प्रणालीको कारण हिउँदमा मानिसहरूले छिटो तौल बढाउन थाल्छन् । यस समयमा, तपाईंको पाचन प्रणाली ठीकसँग काम गर्दछ, जसको कारण भोक बढ्छ । अनि मनलाग्दो खाने रुचीले मानिसकहरु शरीको वजनको ख्याल नराखि खान्छन् जसले गर्दा वजन बढ्दै जान्छ । यद्यपि, तपाईको खानामा यी आहरहरू समावेश गरेर, आफ्नाे बढ्दो तौल नियन्त्रण गर्न सक्नुहुन्छ ।

गाजर– गाजरमा धेरै फाइबर हुुन्छ । यसले तपाईंको पाचन प्रणालीमा ब्रेक लगाउने पनि काम गर्दछ । गाजरमा कम क्यालोरी हुन्छन्, जसले तपाईंको पेट पनि भरिन्छ अनि तौल पनि नियन्त्रण हुन्छ ।

शलगम – वजन घटाउन सहयोग पुग्ने फाइबर शलगममा हुुन्छ । १०० ग्राम शलगममा केवल ४३ क्यालोरी, ०.२ ग्राम फ्याट र १० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसको सलाद वा रस खाएर, तपाईंलाई भोक कम महसुस हुन्छ र वजन नियन्त्रण हुन्छ ।

दालचिनी– पोषण विज्ञान र भिटामिनोलजीको एक रिपोर्टका अनुसार दालचीनीको नियमित सेवनले तौल घटाउन सकिन्छ ।

मेथीको दाना– मेथी रगतमा चिनी र ईन्सुलिन नियन्त्रण गर्नका लागि निकै फाइदा पुग्ने खाद्य समाग्री हो । मेथी शरीरको मेटाबोलिज्म प्रणाली दुरुस्त राख्न सहयोगी हुन्छ । यसमा पाइने पानीमा घुलनशील तत्वहरूले भोक कम गर्छ । जाडोमा यसको सेवनले तौल घटाउन सकिन्छ ।

अम्बा– जाडोमा उपलब्ध अम्बा फाइबरको आवश्यकतालाई १२ प्रतिशतले ले पूरा गर्न सक्छ । आम्बाले शरीरको पाचन शक्ति नियन्त्रणमा राख्न सक्छ । अम्बा वजन घटाउन पनि प्रभावकारी छ । यसलाई तपाईंको दैनिक खानामा समावेश गरेर, तपाईं आफ्नो वजन धेरै किलोग्रामले घटाउन सक्नुहुन्छ।
यो पनि हेर्नुहोस्
चिसोले शरीरमा यस्ता परिवर्तन गर्छ, जाडोमा याद राख्नु पर्ने ७ तथ्य
जाडोमा छालाको ख्याल राख्ने ९ सजिलाे तरिका
जाडोका ७ अनौठा तथ्य, सूर्य पृथ्वीको नजिक आउँदा पनि चिसो किन हुन्छ?
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस