जाडोमा शरीरको तौल बढ्न सक्छ, तौल घटाउन यी आहार खानुस्
जाडोमा शरीरको उचित पाचन प्रणालीको कारण हिउँदमा मानिसहरूले छिटो तौल बढाउन थाल्छन् । यस समयमा, तपाईंको पाचन प्रणाली ठीकसँग काम गर्दछ, जसको कारण भोक बढ्छ । अनि मनलाग्दो खाने रुचीले मानिसकहरु शरीको वजनको ख्याल नराखि खान्छन् जसले गर्दा वजन बढ्दै जान्छ । यद्यपि, तपाईको खानामा यी आहरहरू समावेश गरेर, आफ्नाे बढ्दो तौल नियन्त्रण गर्न सक्नुहुन्छ ।

गाजर– गाजरमा धेरै फाइबर हुुन्छ । यसले तपाईंको पाचन प्रणालीमा ब्रेक लगाउने पनि काम गर्दछ । गाजरमा कम क्यालोरी हुन्छन्, जसले तपाईंको पेट पनि भरिन्छ अनि तौल पनि नियन्त्रण हुन्छ ।

शलगम – वजन घटाउन सहयोग पुग्ने फाइबर शलगममा हुुन्छ । १०० ग्राम शलगममा केवल ४३ क्यालोरी, ०.२ ग्राम फ्याट र १० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसको सलाद वा रस खाएर, तपाईंलाई भोक कम महसुस हुन्छ र वजन नियन्त्रण हुन्छ ।

दालचिनी– पोषण विज्ञान र भिटामिनोलजीको एक रिपोर्टका अनुसार दालचीनीको नियमित सेवनले तौल घटाउन सकिन्छ ।

मेथीको दाना– मेथी रगतमा चिनी र ईन्सुलिन नियन्त्रण गर्नका लागि निकै फाइदा पुग्ने खाद्य समाग्री हो । मेथी शरीरको मेटाबोलिज्म प्रणाली दुरुस्त राख्न सहयोगी हुन्छ । यसमा पाइने पानीमा घुलनशील तत्वहरूले भोक कम गर्छ । जाडोमा यसको सेवनले तौल घटाउन सकिन्छ ।

अम्बा– जाडोमा उपलब्ध अम्बा फाइबरको आवश्यकतालाई १२ प्रतिशतले ले पूरा गर्न सक्छ । आम्बाले शरीरको पाचन शक्ति नियन्त्रणमा राख्न सक्छ । अम्बा वजन घटाउन पनि प्रभावकारी छ । यसलाई तपाईंको दैनिक खानामा समावेश गरेर, तपाईं आफ्नो वजन धेरै किलोग्रामले घटाउन सक्नुहुन्छ।
यो पनि हेर्नुहोस्
चिसोले शरीरमा यस्ता परिवर्तन गर्छ, जाडोमा याद राख्नु पर्ने ७ तथ्य
जाडोमा छालाको ख्याल राख्ने ९ सजिलाे तरिका
जाडोका ७ अनौठा तथ्य, सूर्य पृथ्वीको नजिक आउँदा पनि चिसो किन हुन्छ?
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस