कैदी–कैदीबीच भएको झडपले कम्तीमा १६ को मृत्यु

मेक्सिकोस्थित एक कारागारमा कैदी–कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ ।
मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समयानुसार दिउँसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो ।
प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ
क्याटेगोरी : प्रवास, समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस