कैदी–कैदीबीच भएको झडपले कम्तीमा १६ को मृत्यु
मेक्सिकोस्थित एक कारागारमा कैदी–कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ ।
मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समयानुसार दिउँसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो ।
प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ
क्याटेगोरी : प्रवास, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस