भ्रमण वर्ष २०२० को अवसरमा एकदिने नेवारी खाना महोत्सब
काठमाडौं, १८ पुष । नेवारी खानाको प्रबर्धन तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले एकदिने नेवारी खाना महोत्सब हुने भएको छ ।
भ्रमण वर्ष २०२० को अवसर पारेर चन्द्रागिरी नगरपालिकाको थानकोटस्थित कोटघरमा यही पुष १९ गते शनिबार एकदिने खाना महोत्सब हुन लागेको हो ।
साथै उक्त खाना महोत्सबमा स्थानीय कला सस्कृति झल्किने प्रस्तुतिसँगै विभिन्न झाँकी समेत देखाइने आयोजक परिवर्तनशील समाजका अध्यक्ष लेमन श्रेष्ठले बताए ।
महोत्सबको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । त्यस्तै सो खाना महोत्सबमा स्वदेशी र विदेशी गरी २००० पर्यटकको उपस्थिति रहने आयोजकले बताएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस