• जीवनशैली | Jiwanshaili
  • भ्रमण वर्ष २०२० को अवसरमा एकदिने नेवारी खाना महोत्सब


    काठमाडौं, १८ पुष । नेवारी खानाको प्रबर्धन तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले एकदिने नेवारी खाना महोत्सब हुने भएको छ ।

    भ्रमण वर्ष २०२० को अवसर पारेर चन्द्रागिरी नगरपालिकाको थानकोटस्थित कोटघरमा यही पुष १९ गते शनिबार एकदिने खाना महोत्सब हुन लागेको हो ।

    साथै उक्त खाना महोत्सबमा स्थानीय कला सस्कृति झल्किने प्रस्तुतिसँगै विभिन्न झाँकी समेत देखाइने आयोजक परिवर्तनशील समाजका अध्यक्ष लेमन श्रेष्ठले बताए ।

    महोत्सबको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । त्यस्तै सो खाना महोत्सबमा स्वदेशी र विदेशी गरी २००० पर्यटकको उपस्थिति रहने आयोजकले बताएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस