छमछमी कौडा गीतमा नाचे चिनियाँ पर्यटक

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् ।
जसअन्तर्गत गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलामा पर्यटकलाई स्वागत कार्यक्रम आयोजना गरेका थिए ।
पर्यटकलाई स्वागत गर्न विभिन्न सांस्कृतिक झाँकीसहित फूलको माला लिएर बसेको देखेपछि माइक्रो बसमा आएका चिनियाँ पर्यटक स्वतःस्फूर्तरूपमा ओर्लिए । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उनीहरुलाई फूलको माला लगाइदिएर स्वागत गर्नुभयो ।
विभिन्न देशबाट आएका सयौँ पर्यटकलाई स्वागत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियानअन्तर्गत गाउँपालिकाले पर्यटकलाई स्वागत गरिएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ‘भिजिट इच्छाकामना’ अभियान सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समितिसमेत गठन गरिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस