२ जना बुहारी मिलेर ७६ वर्षीया सासुको हत्या

गुल्मीमा सासुको गहना लुट्ने उदेश्यले २ जना बुहारी मिलेर आफ्नै सासुको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका–३ सिमपानीकी ७६ वर्षीया सासु कौशिला विकलाई आफ्नै दुई बुहारी मिलेर हत्या गरेको घटना बाहिर आएको छ । गोरुले हानेको भनी उपचारका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याईएका विकको उपचारहुन नसकेपछि पाल्पा अस्पताल पुर्याईएको थियो । गम्भीर घाईते अवस्थामा ल्याइएकी उनको पाल्पामा उपचार हुन नसके पछि बुटवलस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।
सासुले लगाएको माडवारी र मुन्द्री लुट्ने योजना बनाएका बुहारी हरु देवी विक र लक्ष्मी विकले दाउरा प्र्रहार गरी हत्या गरेको स्विकार गरेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी मिनबहादुर घलेका अनुसार दुवै जनाले सासुले लगाएको सुनका गहना लुट्ने योजनाका साथ उनको हत्या गरेका हुन् ।प्रहरीका अनुसार घटना पुस १७ गतेको हो । देवी र लक्ष्मीले आफ्नी सासुलाई गोरुले हानेको भन्दै उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए ।
तर, कौशिलाले लगाएका गहना नदेखिएपछि उनका केही आफन्तले प्रहरीलाई खबर गरेका थिए ।कौशिलाको गुल्मीमा उपचार हुन नसकेपछि बुटवलस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा १९ गते कौशिलाको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो ।अनुसन्धानका क्रममा २ जना बुहारीले दाउराले हानेर घाइते बनाइ उनको गहना लुटेको देखिएको डिएसपी घलेले जानकारी दिए ।
अहिले देवी र लक्ष्मी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो थियो घटना
स्थानीयका अनुसार दुई बुहारी र सासुबीच पहिलेदेखि नै खटपट थियो । उनीहरूबीच कैयौँ पटक उजुरी भएका थिए । घटनाक्रम बढ्दै जाँदा १७ पुसमा मृतक कौशिलाका श्रीमान मासु काट्न गएका थिए । त्यो दिन दुई बुहारीले अनौठो योजना बनाए । त्यो योजना थियो कुटपिट गरेर गहना लुट्ने । दुवैले सल्लाह गरे । लक्ष्मीले गोठको गोरु फुकाएर र कुट्ने देविले सासुलाइ बाहिर बोलाउने । प्रहरीकोमा दिएको बयानअनुसार लक्ष्मी गोरु फुकाएर दाउरो लिएर लुकिन । लक्ष्मीले गोरु फुकाइन देविले सासुलाई बोलाइन । सासु गोरु फुकेको देखेर बाध्न गोठमा गइन ।
त्यही बेला लक्ष्मीले सासुलाई दाउराले कन्चटमा हानेर अचेत बनाइन । योजनाअनुसार नाक र कानको गहना निकालेर मलखातमा गाडे । दाउराले टाउकोमा हानेकाले कौशिला रगताम्य र अचेत बनिन् । घटना लुकाउन छिमेकमा गोरुले हानेको नाटक समेत रचे । घरका केटाकेटीलाई समेत नभन्न भने । केही समय घटना त्यस्तै पनि बन्यो । १७ गते अबेर गाउँले मिलेर बिकलाई उपचारको लागि पाल्पा पठाइयो । टाउकाको अप्रेशन गर्नु पर्ने भयो । बिपन्न परिवारसँग पैसा थिएन् ।
आर्थिक अभावकै कारण फर्काएर परिवारले सदरमुकाम ल्याए । पुन तम्घासमै पैसा खोजेर लुम्बिनी प्रादेशिक अस्पतालमा पुराए तर बिक बचिनन् । २० पुसमा कौशिलाको मृत्यु भयो । २१ गते गुल्मी अस्पतालमा शवको पोस्टमार्टम भयो । परिवारले स्थानीय घाटमा दाहासंस्कार गरे ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस