बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले रु १० लाख र घ्याङलेख गाउँपालिकाले रु ५० हजार गरी कूल रु १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत सो रकम प्रदान गर्नुभएको हो । जङ्गली बँदेलको आक्रमणबाट २०७६ भदौ १४ गते स्थानीयवासी ३७ वर्षीय कृष्णबहादुर घिसिङको मृत्यु भएको थियो ।
आफ्नै बारीमा बाली खान आएका धपाउने क्रममा बँदेलको आक्रमणबाट घिसिङको ज्यान गएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस