बागलुङमा २४ घण्टा अश्लिल शब्द बोलिने एक अनाैठाे मेला

अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्। तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो मेलामा यौनका बारेमा जसलाई जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ।
युवादेखि बूढापाका पनि अरू बेला गाउँ समाजमा अपाच्य हुने शब्द बोल्दै गाउँ डुल्छन्। मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरूपमा जीवित छ। यसरी छाडा रूपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए। ‘यो हाम्रो पुर्खादेखि चल्दै आएको चलन हो’, थापाले भने, ‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला वर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउँसो ४ बजेदेखि ३ गते अपराह्न ४ बजे (२४ घण्टा) पुतली नसेलाएसम्म अश्लील शब्द बोल्न छुट हुन्छ।’
परिवार, आफन्त, गाउँसमाजका महिला पनि मेलामा सरिक हुन्छन्। सुन्नै अप्ठ्यारो लाग्ने यौनसम्बन्धी शब्द बाजाको तालमा, ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन्। कोही गाउँछन्, कोही तरुनी नजिक गएर नाच्छन्। तर, स्थानीय महिलामा कत्ति पनि अप्ठ्यारो र हिच्किचाहट देखिँदैन। यस्तो लाग्छ; स्थानीय युवती, महिलाले यसलाई आफ्नो संस्कारका रूपमा पचाइसकेका छन्।
पहिलो पटक बाहिरबाट गएकाहरू भने रातोपिरो हुन्छन्, जिब्रो टोक्छन्, लाजले मुख छोप्छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस