बागलुङमा २४ घण्टा अश्लिल शब्द बोलिने एक अनाैठाे मेला
अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्। तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो मेलामा यौनका बारेमा जसलाई जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ।
युवादेखि बूढापाका पनि अरू बेला गाउँ समाजमा अपाच्य हुने शब्द बोल्दै गाउँ डुल्छन्। मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरूपमा जीवित छ। यसरी छाडा रूपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए। ‘यो हाम्रो पुर्खादेखि चल्दै आएको चलन हो’, थापाले भने, ‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला वर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउँसो ४ बजेदेखि ३ गते अपराह्न ४ बजे (२४ घण्टा) पुतली नसेलाएसम्म अश्लील शब्द बोल्न छुट हुन्छ।’
परिवार, आफन्त, गाउँसमाजका महिला पनि मेलामा सरिक हुन्छन्। सुन्नै अप्ठ्यारो लाग्ने यौनसम्बन्धी शब्द बाजाको तालमा, ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन्। कोही गाउँछन्, कोही तरुनी नजिक गएर नाच्छन्। तर, स्थानीय महिलामा कत्ति पनि अप्ठ्यारो र हिच्किचाहट देखिँदैन। यस्तो लाग्छ; स्थानीय युवती, महिलाले यसलाई आफ्नो संस्कारका रूपमा पचाइसकेका छन्।
पहिलो पटक बाहिरबाट गएकाहरू भने रातोपिरो हुन्छन्, जिब्रो टोक्छन्, लाजले मुख छोप्छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस