चेपाङ्गको गाँउमा लाखौँको तरकारी अलपत्र

पूर्व पश्चिम राजमार्गको मनहरि भन्ने ठाउँ बाट ४ घण्टाको उकालो हिँडेपछि मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिका सिलाधुनी भन्ने गाउँ आउँछ । यो जिल्लाकै एक विकट ठाउँको रूपमा परिचित रहेको छ । कतिपयले यसलाई मकवानपुरको हुम्ला भन्छन् । राक्सिराङ्ग गाउँपालिकाको वडा नं ६ मा पर्ने सिलाधुनीमा ७०० घर धुरी रहेको छ । चेपाङ्ग समुदायको बाहुल्यता रहेको यो गाउँमा करिब ४०० घर चेपाङ्ग छन् भने तीन सयको हाराहारीमा तामाङ्ग र दलित समुदायको बसोबास छ । कोदो र मकै यहाँको मुख्य बाली हो, जसबाट करिब ६ महिनाका लागि खाद्यान्न जोहो गर्न मुस्किलले सक्दछन् यहाँका किसान हरू । परम्परागत खेतीबाटै जीवन निर्वाह गरीरहेका यहाँका किसानहरूले उत्पादन गरेको कलकलाउँदो रायोको साग हेर्दा जो कोहीको पनि मन लोभ्याउँछ । यहाँका किसानले रायोको साग टिपेर ल्याउँदा हातको मुठीमा होइन भारी नै हालेर ल्याउँछन् । लाग्छ यो जत्तिको अर्ग्यानिक साग सब्जी भेट्न कहाँ पाइएला । बारी भरी रायोको साग यहाँका किसानका लागि खाए साग नखाए त्यही साग बाट बनाएको गुन्द्रुकको तरकारी । लहलहाउँदो सागले बजार पाउने हो भने यसबाट करिब एक करोड भन्दा बढीको आय हुन सक्ने जनचेतना साना किसान सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश चेपाङ्ग बताउँछन् ।
राक्सिरांङ्ग गाउँपालिका वडा नं ६ सिलिगेंकि किसान प्रेममाया चेपाङ्गले बेमौसममा समेत साग उत्पादन गरी गाउँमै बिक्री गरी ४०- ५० हजार सम्म कमाउने बताउँछिन् । तर बाहिर बजार सम्म पहुँच भएको भए अझ धेरै कमाउन सकिने उनी बताउँछिन् ।
न त यहाँका किसानहरूको बजार सम्म पहुँच छ न त यातायातको साधन नै । बल्ल बल्ल स्थानीय सरकार गठन भएपछि ट्रयाक रोड खोलिए पनि फोर ह्विल गाडी मात्रै पुगेको छ । नजिकको बजार भनेको मकवानपुर र चितवनको सिमाना लोथर या भण्डारा बजार हो जुन ठाउँसम्म आई पुग्नै ४–५ घण्टा लाग्छ । सुन बराबरको सागलाई कुहाएरै फाल्नु पर्दा यहाँका किसान हरू चिन्तित छन् । जनप्रतिनिधिले चुनावी एजेन्डामा जनताको जीविकोपार्जनलाई मुख्य बनाए पनि सो अनुसारको आवश्यक कदम नचालेको उनीहरूको गुनासो छ । अझ साग बेचेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुराको कतिलाई त चेतना पनि छैन । १३०० फिट उचाइमा रहेको सिलाधुनीका ७ सय घरघुरीमध्ये करिब आधा जतिले बारीमा साग लगाएका छन् । त्यसको उचित बजारीकरणको लागि प्याकेजिङ्ग तथा यातायात को सहज सुविधा भए यहाँका बासिन्दाहरूले कम्तीमा केही आम्दानी गरी आफ्नो जीवनस्तर राम्रो बनाउन सक्ने बताउँछन् ।
यता राक्सिराङ्ग गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सिंह लाल चेपाङ्ग भने यहाँ उत्पादन हुने सागको विषयमा खासै ध्यान नदिएको बताए । हामीले सिलिगेंका किसान हरूलाई व्यावसायिक मौरी पालनको तथा बाख्रा पालनको लागि जोड गरे पनि एउटै वडा भए पनि करिब चार घण्टा माथि जानु पर्ने सिलाधुनीको किसानका लागि केही योजना नभएको स्विकारे । उनले भने अहिले पनि यहाँका जनताले एक छाक मात्रै कोदो वा मकैको ठिंडो खाएर जीवन गुजारा गरीरहेका छन् ।अध्यक्ष चेपाङ्गले थपे । अधिकांश समुदायका मानिसहरू अहिले पनि कन्दमूल र गिट्ठा भ्याकुरकै भरमा जीवन निर्वाह गरिरहेका छन् । अहिले सिजनको अन्त्य तिर छौं, सागको बजारीकरणमा अहिले सम्म ध्यान पुगेको छैन उनले स्विकारे । यता शहरका मानिस हरू अर्ग्यानिक तरकारी लगायतका खाध्यन्न खोजी खोजी खाई रहेको अवस्थामा मानिस बराबरको अर्ग्यानिक साग उत्पादन हुने राक्सिराङ्गको सागको बजारीकरणमा ध्यान पुर्याउने हो भने एकातिर यहाँका किसानको जीविकोपार्जन सहज हुनका साथ साथै यसको उपभोग गर्ने आम उपभोक्ताले स्वस्थ्य साग सब्जीको उपभोग गर्न पाउने थिएकी ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस