माघ १५ देखि २६ गते मुसिकोट महोत्सव
गुल्मीको मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव–२०७६ हुने भएको छ ।
आयोजकले आइतवार पत्रकार सम्मेलन आयोजना गरि तयारी तिब्र पारिएको जानकारी दिएको छ ।
कार्यक्रममा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्यस मुदल समारोह समिति संयोजक शुदर्शन शाक्यले मुसिकोटको पहिचान दिन, पर्यटनको विकास गर्न, धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महोत्सव महत्वपूर्ण हुने बताए ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महोत्सवले स्थानिय र वाह्य पर्यटक भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको ठम्याई छ ।
महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने तथा ५ करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको छ। महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान गरिएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस