सुत्केरी महिलाको उद्धार

बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ८ कि २३ वर्षीया सरिता सिंहको जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी गराएको भए पनि अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उहाँलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले जानकारी दिनुभयो । सिंहको पेट फुल्ने समस्या भएपछि उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएकाले तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस