सुत्केरी महिलाको उद्धार
बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ८ कि २३ वर्षीया सरिता सिंहको जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी गराएको भए पनि अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उहाँलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले जानकारी दिनुभयो । सिंहको पेट फुल्ने समस्या भएपछि उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएकाले तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस