एकै दिन लागुऔषधसहित तीन युवक पक्राउ
नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । स३प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार ती दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट तीन ट्याब्लेट समेत बरामद गरिएको छ । यस्तै सिरहाकै मिर्चैया नगरपालिका–६ कटारीचौकबाट प्रहरीले डिलेक्स डिसी १०० एमएलको १३ बोतल लागुऔषधसहित स्थानीय २४ बर्षीय अशोक कुमार साहलाई पक्राउ गरेको छ । –––
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस