जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो ।
गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
यसैगरी सवारी ज्यान मुद्दाका अभियुक्तलाई न्यायाधीश ढुङ्गेलको इजलासले नौ महिना कैदको फैसला गरेको छ । सवारी ज्यान मुद्दामा थुनामा रहेका व्यास नगरपालिका–११ का तुलबहादुर विकलाई सो कैदको फैसला गरेको हो । निजविरुद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस