पशुपति क्षेत्रमा भट्टी पसलराख्न नपाईने
पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं। ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।
पशुपति क्षेत्रलाई मांस मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भटट्ी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ । आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भटट्ी हटाउन लागेको हो । कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरेर मदिरा, मांस पसल हटाइने जनाइएको छ ।
कोषले यस्ता पसल हटाउन सात दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । सूचना अवलम्बन गरिएपछि प्रशासनिक निकायको सहकार्यमा यी पसल हटाइने छ । कोषाध्यक्ष डा। थापा भन्नुहुन्छ, ‘‘कोष आफैले भाँडामा लगाएका ६४ टहरा कबलबाट २०६१ सालयता भाडा पाएको छैन र यी टहरा कबल अव्यवस्थित पनि भए ।’’
वडा नं। ७ का वडा सदस्य कृष्णमणि भट्टराईका अनुसार, वडा नं। ७ को पशुपति क्षेत्र जोडिने इलाकामा नै पाँच सयको हाराहारीमा मांस र मदिरा पसल छन् । सिफलको क्षेत्रमा दैनिक १२ वटासम्म खसी काट्ने मासु पसल छन् भने बाटामा मासु भाग लगाएर बिक्री गर्ने कार्य पनि त्यत्तिकै गरिन्छ । कोषका अधिकृतका अनुसार, गुह्येश्वरीमा भुटन पाइने नाम कहलिएको भट्टी यत्रतत्र छन् । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई समस्त हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँदै आएको छ ।
पशुपतिको भुवनेश्वरी आसपास, गुह्येश्वरी पुलपारि, सिफल सेताढोका प्रवेशपछिका पसललाई मांस र मदिरा मुक्त गरिनुपर्छ भनेर स्थानीय सर्वसाधारणबाट गुनासो गरिँदै आएको छ । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस