• जीवनशैली | Jiwanshaili
  • विराटनगरमा एक लेखा परिक्षक मृत फेला


    विराटनगरमा एक पुरुष मृत फेला परेका छन् । विराटनगर महानगरपालिका– वडा नंम्बर २ का ५० वर्षीय प्रवल घिमिरेको शव डुबेको अवस्थामा सिंघीया खोलामा मंगलबार बिहान फेला परेको हो ।

    सोमबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । खोलाको पानी भित्र डुबेको अवस्थामा शव भेटिएको उनको भनाइ छ ।

    कपडा र जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि लेखा परिक्षकको काम गर्दै आएका बुझिएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस