चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ ।
थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् ।
जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा त्यहाँबाट फर्किका मानिस भएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ । पर्यटकका रुपमा अधिकांश चिनियाँ नागरिक भित्र्ने उत्तर कोरियाले भने सबै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको केही विज्ञले बताएका छन् । उता प्रकोप फैलिएको बुहानमा सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।
झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका बासिन्दालाई त्यस क्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहाँ नआउन सरकारले अनुरोध गरेको छ ।
चिनियाँ शहर बुहानमा अनुहारमा लगाउने मास्क किन्नेको लामो लाइन लाग्न थालेको छ । औषधी पसलेहरुले एकजना ग्राहकलाई एउटा मात्रै मास्कको प्याकेट बेच्न थालेका छन् ।
रुघाखोकी र त्यो भन्दा गम्भीर विरामी गराउन सक्ने नयाँ खालको कोरोना भाइरस सन् २००२ देखि २००३ सम्म दर्जनौ राष्ट्रमा फैलिएको ‘सार्स’ प्रकृतिको छ ।
सार्सका कारण त्यसबेला आठ सय जनाको मृत्यु भएको थियो ।(एजेन्सी)
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस