चीनमा महामारी फैल्याउने ‘कोरोना भाइरस’ नेपालमा पनि भेटियो
नेपालमा पनि ‘कोरोनाभाइरस’ संक्रमित भेटिएको छ ।नेपालमा एकजना कोरोनाभाइरसको संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले चीनबाट फर्किएकी एकजना नेपाली विद्यार्थी कोरोनाभाइरस संक्रमति भएको पाइएको जानकारी दिएको छ ।
वुहानबाट फर्किएकी उनको टेकुमा स्वास्थ्य परीक्षण गरिएको थियो । शंकास्पद देखिएको ‘रिपोर्ट’लाई हङकङ पठाइएको र हङकङबाट कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस