• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?


    चीनको वुहान शहरबाट फैलिएर महामारीको रुपमा आतंक मच्चाइरहेको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखापरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो।

    मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले १३ जनवरीमा चीनबाट आएका एक विद्यार्थी संक्रमित भएको जानकारी दिए।
    श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाइसकेको छ।

    के हो कोरोना भाइरस?
    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

    अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम ९मार्स० र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

    मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ?
    मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।
    यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?
    सामान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापी रुघा, खोकी तथा श्वासप्रस्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।

    नोवेल कोरोना भाइरसका मुख्य लक्षण के हुन्रु
    ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

    नोवेल कोरोना भाइरस लाग्नै नदिन के गर्ने?
    नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु÷अन्डा राम्रोसँग पाकेको मात्र खाने।


    क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार