चीनमा कोरोना भाईरसको महामारी, मर्नेको संख्या ४१ पुग्यो
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । शुक्रबारसम्म यो भाइरसबाट २६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु १५ जनाको समेत ज्यान गएको पुष्टि गरेका हुन् ।
हुबेई प्रान्तका यी १५ समेत गरी अहिलेसम्म चीनको मूख्यभूमीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन दर्जन नाघेको हो ।
मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसबाट बचाउन चीन सरकारले ११ वटा शहरहरुमा यात्रामाथि प्रतिबन्ध लगाएको छ । नयाँ बर्ष लुनारको छुट्टीमा विश्वभर घुम्ने चीनियाँ यात्रुहरु पनि देशभित्रै थुनिएका छन् । कोरोना भाइरसका कारण झण्डै तीन करोड चीनियाँ यात्रुहरु घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
गत डिसेम्बरमा यो भाइरस पहिलोपटक चीनको वुहान प्रान्तमा भेटिएको थियो । अहिले यो भाइरस किन्घी र तिब्बतबाहेक चीनका हरेक प्रान्तमा फैलिएको छ । चीन बाहेक विश्वभर ९०० जनामा यो भारइसको संक्रमण देखिएको छ । चीनमा मात्रै १०७२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस