चीनमा नोवल कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो, नेपालमा पूर्व सावधानी
चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । हिजो सम्म ४२ जनाको ज्यान लिएको भाईरसका कारण थप १४ को ज्यान गए पछि कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ५६ पुगेको छ । शनिबार भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको पनि ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ ।
चीनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।
मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस