• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरस थप १० देशमा फैलियो, ५६ को मृत्यु, नेपालमा सावधानी


    चीनबाट सूरु भएको नोवल कोरोना भाइरस १० देशमा फैलिएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपाल सहित ११ देशमा फैलिएको हो । हाल सम्म नेपालमा तीन जनामा भेटिएको आशंका गरिए पनि एक जनाको मात्रै पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा ४ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा २ जना, जापानमा २ जना, दक्षिण कोरियामा ३ जना, सिंगापुरमा ३ जना, मलेसियामा ३ जना, फ्रान्समा १ जना र अष्ट्रेलियामा १ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको होे । हाल सम्म चीनमा सबै भन्दा बढी १९७५ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ५६ पुगेको छ । चीन बाहेकका देशहरुमा भने हाल सम्म कुनै पनि ब्यक्तिको ज्यान भने गएको छैन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ ।

    कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ ।चीनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

    कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?


    क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार