कोरोनाका कारण परिस्थिति गम्भीर भएको राष्ट्रपति सीको चेतावनी, संक्रमितको संख्या २ हजार नाघ्यो
चीनका राष्ट्रपति सी जिन्पिङले कोरोना भाइरसका कारण परिस्थिति गम्भीर रहेको बताएका छन् । राष्ट्रपति सी जिन्पिङले देशको उच्च स्तरिय बैठकमा वरिष्ठ चिनियाँ अधिकारीहरूलाई महामारीको रुपमा फैलँदै गरेको प्राण घातक नोवल कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको बताएका छन् । पछिल्लो दिनमा संक्रमीतको २ हजार नाघि सकेको छ भने करिब ५ दर्जन जतिले ज्यान गुमाईसकेको अवस्थामा चिनियाँ राष्ट्रपति सि को यो भनाईलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यो संगै उनले कोरोना भाईरसका कारण देश गम्भीर परिस्थितिमा रहेको बताए। भाइरस तीव्र गतिमा फैलिरहेको भन्दै चेतावनी दिएका छन्।
चीनबाट सूरु भएको नोवल कोरोना भाइरस १० देशमा फैलिएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपाल सहित ११ देशमा फैलिएको हो । हाल सम्म नेपालमा तीन जनामा भेटिएको आशंका गरिए पनि एक जनाको मात्रै पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा ४ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा २ जना, जापानमा २ जना, दक्षिण कोरियामा ३ जना, सिंगापुरमा ३ जना, मलेसियामा ३ जना, फ्रान्समा १ जना र अष्ट्रेलियामा १ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको होे । हाल सम्म चीनमा सबै भन्दा बढी १९७५ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ५६ पुगेको छ । चीन बाहेकका देशहरुमा भने हाल सम्म कुनै पनि ब्यक्तिको ज्यान भने गएको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस