कोरोना अपडेटः अमेरिकाले चीनमा रहेका कुटनीतिज्ञहरुलाई फिर्ता बोलायो

अमेरिकाले चीनको वुहानमा रहेको आफ्ना सबै कुटनीतिक नियोगका कर्मचारी फिर्ता बोलाएको छ । चीनमा नोवल कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यानमा राख्दै आफ्ना सबै नागरिकलाई फिर्ता बोलाउने निर्णय गरेको हो । वुहान स्थित आफ्नो कूटनीतिक नियोगका कर्मचारीलाई एउटा विशेष विमानबाट मङ्गलवार स्यान फ्र्यान्सिस्को लग्ने घोषणा गरेको छ।
यस्तै जोखिममा रहेका अन्य अमेरिकी नागरिकले पनि स्यान फ्र्यान्सिस्को जाने उक्त विमान चढ्न पाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। चिनियाँ राष्ट्रपति सि ले चीनमा कोरोना भाइरसको कारण परिस्थिती गम्भीर भएको बताएका लगतै अमेरिकाले आफ्ना नागरिक तथा कुटनीतिक नियोगका कर्मचारीहरुमा समेत सर्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस