कोरोना अपडेटः अमेरिकाले चीनमा रहेका कुटनीतिज्ञहरुलाई फिर्ता बोलायो
अमेरिकाले चीनको वुहानमा रहेको आफ्ना सबै कुटनीतिक नियोगका कर्मचारी फिर्ता बोलाएको छ । चीनमा नोवल कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यानमा राख्दै आफ्ना सबै नागरिकलाई फिर्ता बोलाउने निर्णय गरेको हो । वुहान स्थित आफ्नो कूटनीतिक नियोगका कर्मचारीलाई एउटा विशेष विमानबाट मङ्गलवार स्यान फ्र्यान्सिस्को लग्ने घोषणा गरेको छ।
यस्तै जोखिममा रहेका अन्य अमेरिकी नागरिकले पनि स्यान फ्र्यान्सिस्को जाने उक्त विमान चढ्न पाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। चिनियाँ राष्ट्रपति सि ले चीनमा कोरोना भाइरसको कारण परिस्थिती गम्भीर भएको बताएका लगतै अमेरिकाले आफ्ना नागरिक तथा कुटनीतिक नियोगका कर्मचारीहरुमा समेत सर्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस