जापानले पनि चीनबाट आफ्ना नागरिक फिर्ता बोलाउने

चीनमा कोरोना भाइरसको प्रकोपले महामारीको रुपमा लिए पछि जापानले पनि आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले चीनको वुहान क्षेत्रबाट आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउन लागेको हो। कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रबाट चाटर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको बताए।
कोरोना भाइरसको संक्रमणका कारण हालसम्म चीनमा कम्तिमा ५६ जनाको ज्यान गएको छ। भने चीन सहित ११ देशमा संक्रमण फैलिएको छ । चीनमा मात्रै २००० जनामा संक्रमण भएको बताइएको छ ।
संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ। सार्वजनिक यातायातमा यसअघि नै प्रतिबन्ध लागेको वुहानमा आइतबारदेखि निजी गाडीमा पनि प्रतिबन्ध लागेको छ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस