जापानले पनि चीनबाट आफ्ना नागरिक फिर्ता बोलाउने
चीनमा कोरोना भाइरसको प्रकोपले महामारीको रुपमा लिए पछि जापानले पनि आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले चीनको वुहान क्षेत्रबाट आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउन लागेको हो। कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रबाट चाटर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको बताए।
कोरोना भाइरसको संक्रमणका कारण हालसम्म चीनमा कम्तिमा ५६ जनाको ज्यान गएको छ। भने चीन सहित ११ देशमा संक्रमण फैलिएको छ । चीनमा मात्रै २००० जनामा संक्रमण भएको बताइएको छ ।
संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ। सार्वजनिक यातायातमा यसअघि नै प्रतिबन्ध लागेको वुहानमा आइतबारदेखि निजी गाडीमा पनि प्रतिबन्ध लागेको छ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस