नोवल कोरोना भाइरसको संक्रमणः चीन सहित ११ देशमा फैलियो
चीनबाट फैलिएको नोवल कोरोना भाइरस चीन सहित ११ देशमा फैलिएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपाल लगाएत ११ देशमा संक्रमण फैलिएको हो । हाल सम्म नेपालमा तीन जनामा भेटिएको आशंका गरिए पनि एक जनाको मात्रै पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा ४ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा ३ जना, जापानमा ३ जना, दक्षिण कोरियामा ३ जना, मलेसियामा ३ जना, फ्रान्समा २ जना र अष्ट्रेलियामा ४ जना, क्यानडामा १ जना र सिंगापुरमा ४ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो । हाल सम्म चीनमा सबै भन्दा बढी २०४७ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ५६ पुगेको छ । चीन बाहेकका देशहरुमा भने हाल सम्म कुनै पनि ब्यक्तिको ज्यान भने गएको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ ।
कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ ।चीनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस