अमेरिकामा तीन नेपालीले जिते एक करोड बढीको चिठ्ठा
काठमाडौं । स्क्रयाच गरेर खेलिने चिठ्ठा खरिद गर्दा अमेरिकामा तीनजना नेपाली युवाले संयुक्त रूपमा करोड १४ लाखको चिठ्ठा जितेका छन् । मेरिल्यान्ड राज्यको बाल्टिमोरका तीन नेपाली युवाहरुले एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेको जनाइएको छ ।
स्क्रयाच गरेर खेलिने लोटरी ग्लेनबर्नीमा बस्ने बाग्लुङ र पर्वतका युवाहरु डोलेन्द्र पौडेल, दिपक रिजाल र जीवन शर्माले जितेका हुन् । सात बर्ष अगाडि अमेरिका आएका उनीहरुले टाउसनमा रहेको ईजि कन्भिनिएन्स एण्ड डेलीमा उक्त चिठ्ठा किनेका थिए ।
तीनैजनाले चिट्ठा कार्यालयमा गएर दावी गरेपछि कर कटाएर जनही २२, १२६ डलर ५० सेन्ट प्राप्त गरेको बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस