अमेरिकामा तीन नेपालीले जिते एक करोड बढीको चिठ्ठा

काठमाडौं । स्क्रयाच गरेर खेलिने चिठ्ठा खरिद गर्दा अमेरिकामा तीनजना नेपाली युवाले संयुक्त रूपमा करोड १४ लाखको चिठ्ठा जितेका छन् । मेरिल्यान्ड राज्यको बाल्टिमोरका तीन नेपाली युवाहरुले एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेको जनाइएको छ ।
स्क्रयाच गरेर खेलिने लोटरी ग्लेनबर्नीमा बस्ने बाग्लुङ र पर्वतका युवाहरु डोलेन्द्र पौडेल, दिपक रिजाल र जीवन शर्माले जितेका हुन् । सात बर्ष अगाडि अमेरिका आएका उनीहरुले टाउसनमा रहेको ईजि कन्भिनिएन्स एण्ड डेलीमा उक्त चिठ्ठा किनेका थिए ।
तीनैजनाले चिट्ठा कार्यालयमा गएर दावी गरेपछि कर कटाएर जनही २२, १२६ डलर ५० सेन्ट प्राप्त गरेको बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस