उपल्लो डोल्पामा झाडापखाला समस्या

उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ । दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गर्नुभयो । गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन् । दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ । हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न नै सकस भएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस