एकवर्षमा ७७ किलो तौल घटाउने युवती

अस्ट्रेलियाको सिड्नीमा बस्ने युवतीले एक वर्षको अवधिमा ७७ किलो तौल घटाउन सफल भएकी छन् । अत्यधिक मोटोपनकै कारण गर्भधारण गर्न नसक्ने अवस्थामा पुगेकी महिलाले तौल घटाउने क्रममा ९ पटक लुगाको साईज परिवर्तन गर्नुपरेको थियो ।

वित्तीय सेवा विश्लेषकको काम गर्ने अलिदा ड्रेयर नाम गरेकी ती युवतीमा १३ वर्षको उमेरदेखि नै पोलिसिस्टिक ओभरी सिन्ड्रोम देखिएको थियो । २७ वर्षको उमेरसम्म अत्यधिक तौल वृद्धि, डिप्रेसन र एन्जाइटीको शिकार भएकी युवतीले अन्ततः आश्चर्यजनक रुपमा तौल घटाउन सफल भइन् ।
‘मैले सम्झिनसक्ने भएदेखि नै ‘बिग गर्ल’ को रुपमा आफुलाई पाएँ’, ड्रेयर भन्छिन्, ‘खाना मेरो कमजोरी थियो । पकाउने र खानेकुरामा निकै लगाव थियो । तर, बढी तौल भएकै कारण स्कुलमा बुलिङको शिकार भएकाले एकपटक ३ महिनासम्म गयल हुनुपर्यो ।’
मानिसहरु उनलाई ‘थम्प थम्प थम्प’, तिम्रो अनुहार सुन्दर मोटी केटीको लागि सुहाउने खालको छ । यदि तिमीले तौल घटायौ भने निकै सुन्दर देखिनेछौ इत्यादि भन्ने गर्दथे । यस्ता टिप्पणीबाट दुःखी भएर बाथरुममा लुकेर रुने गरेको ड्रेयरको भनाई छ ।

१४४ केजी तौल पुगेपछि प्लेनको सिटमा बस्न नमिल्नेमात्रै होइन ‘सिट बेल्ट एक्स्टेन्डर’समेत लिएर हिँड्नुपर्ने अवस्था भयो । बढी तौलकै कारण छोटो दुरीमा पनि हिँड्न नसक्ने र आफुलाई मन परेको पहिरन लगाउन नमिल्ने अवस्था आइलाग्यो । आफ्नो तौल १४४ केजीसम्म पुग्दा ड्रेयरलाई दैनिक ३५०० क्यालोरी खानाको आवश्यकता पर्दथ्यो ।
ड्रेयरका अनुसार २३ वर्षको उमेरमा बच्चा जन्माउन तयार भएकी उनलाई स्वास्थ्यकर्मीहरुले मोटोपनको कारण गर्भधारण गर्नु ठीक नहुने बताए । मोटोपनकै कारण सम्बन्ध टुङ्गियो । अन्ततः आफुलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचको विकास भयो ।
“आखिर मैले आफुलाई जबरजस्ती परिवर्तन गर्ने निर्णय गरेँ”, ड्रेयर भन्छिन्, “त्यो निर्णय लिएको दिनदेखि आफैलाई माया गर्न पनि सिकेँ ।”
डाईट र एक्ससाइजबाटै उनको ४० केजी तौल घट्यो । बाँकी ३७ केजी घटाउनका लागि भर्टिकल स्लिभ ग्यासट्रेक्टोमी सर्जरी गरिएको थियो । यसरी कुल ७७ केजी तौल घटेपछि हाल ड्रेयरको तौल ६७ केजीमात्रै छ । खानपानमा पनि निकै परिवर्तन भएको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस