आमाबुबाको पूजन समारोह

संस्कार, संस्कृति र जीवनशैलीको पहिचान बढाउने उद्देश्यले आज आमाबुबाको पूजन समारोह आयोजना गरियो । राधाकृष्ण योग सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित सो पूजन समारोहमा करीब ५०१ आमा–बुबालाई छोरा–छोरीले पूजा गरेका थिए ।
यसअघि केन्द्रले आदर्श संस्कार शिविरअन्तर्गत सरस्वती मुद्रा, आदर्श जीवनचर्या, मनोविज्ञान, शरीर विज्ञान, आहार र स्मरण बढाउने विधि तथा स्वर विज्ञान योग प्रशिक्षण दिइएको थियो । समारोहमा प्रदेश नं २ का प्रमुख तिलक परियारले वैज्ञानिक आविष्कारसँगै एकातिर सुख प्राप्तिमा वृद्धि भएको देखिएको छ भने अर्कोतिर उपेक्षा, एक्लोपन एवं स्वार्थको चपेटामा परी आमाबुबालाई घृणा गर्ने व्यवहारमा वृद्धि हुँदै जानु चिन्ताको विषय हो भन्नुभयो ।
उहाँले पश्चिमी सभ्यताको रङ्गीचङ्गीमा आफ्नो सभ्यतालाई बिर्सिँदै पारिवारिक र सामाजिक विचलन र अशान्तिको सिर्जना गरिएको प्रसङ्ग उल्लेख गर्नुभयो । प्रदेश प्रमुख परियारले भनाइ र गराइमा देखिएको भिन्नता संस्कार तथा संस्कृतिको उपेक्षा भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य रामसरोज यादव र परमेश्वर साहले आमाबुबाकै सेवामा देवता र धर्म भएको प्रसङ्ग उल्लेख गर्दै संस्कृति, संस्कारलाई उपेक्षा गरिएका कारण पारिवारिक कलह र आपराधिक प्रवृत्तिमा वृद्धि भएको बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले आमाबुबाको सेवा नगरी वृद्धाश्रममा राख्ने प्रवृत्ति देखापर्नु विडम्बना भएको धारणा राख्नुभयो । केन्द्रका योगगुरू विनय भाइले संस्कार, संस्कृति एवं जीवनशैलीको पहिचान मण्डित गर्न यस किसिमको जागरणमूलक अभियान घर–घरमा खाँचो रहेको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस