बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए ’ रहेको पुष्टि
जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको सङ्क्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । सङ्क्रमण हप्ता दिनसम्म हिमालीको बोल्डिक र स्वामिकात्तिकको जोरुपमा व्यापकरुपमा फैलिएको थियो । जुन सङ्क्रमणले करीब एक हजार २०० बढी बिरामी परेका थिए भने स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार १७० को उपचार गरेको थियो । सङ्क्रमणकै कारण दुईको ज्यानसमेत गएको थियो ।
परीक्षण गरिएका चारमध्ये दुई जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकलाई इन्फुल्जा बी भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । यो भाइरलले मानिसको शरीरमा एक्कासी आक्रमण गर्ने गरेको छ । यही भाइरसले सन् २००९ मा विश्वमा नै महामारीको रुप लिएको थियो ।
सङ्क्रमणले महामारीको रुप लिएपछि गाउँपालिकाभित्रका गाउँ–गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरेको र हाल पूर्णरुपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिनुभयो । ल्याब परीक्षण प्रतिवेदनपछि अर्कोपटक देखापरे उपचारमा सजिलो हुने र स्थानीयवासीलाई पनि समयमै सचेत गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस