पशुपति क्षेत्रमा महाविशरात्रिको फोहर सफाइ अभियान शुरु
महाविशरात्रिका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु गरिएको छ । महाशिवरात्रि सकिएलगत्तै वाग्मती सफाइ महाअभियानको ३५४औँ हप्ताको सफाइका क्रममा पशुपतिनाथ मन्दिरअघिको राममन्दिर क्षेत्रमा सफाइ गरिएको थियो ।
सफाइमा पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १४ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । सफाइमा कोषका सदस्य सचिव डा प्रदीप ढकाललगायत कर्मचारी र वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत लगायतको समूह पनि सक्रिय थियो । वाग्मती सफाइको ३५५औँ हप्ताको कार्यक्रम तिलगङ्गा क्षेत्रमा गरिने जनाइएको छ । विष्णुमती सफाइ अभियानको २८२औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं– ६ जरङ्गुको गुड्खु खोला क्षेत्रमा सचेतनासहित सफाइ गरियो । सफाइबाट करिब आठ टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । सफाइ अभियानमा नेपाली सेना, अष्टमान टोल सुधार समिति, तारकेश्वर सफाइ तथा वातावरण संरक्षण प्रालीसहित २३० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, आलोकनगर, मनोहरा, सुन्दरीघाट, चक्रपथको उत्तर र पश्चिम खण्ड, ललितपुरको गोदावरी खोला क्षेत्रमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते देखि शुरु भएको वाग्मती सफाइ अभियानबाट प्रभावित भई हालसम्भ देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान चलिरहेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस