ठूलादुर्लुङ मेला फागुन १५ मा
महाँकाल गाउँपालिका वडा नं ६ मा यही फागुन १५ र १६ गते ठूलादुर्लुङ मेला आयोजना हुने भएको छ । यहाँको कला, संस्कृति, कृषि, पर्यटन विकास र विस्तारका लागि मेला आयोजना गर्न लागिएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँको कृषि र कला संस्कृति प्रदर्शनी, स्वास्थ्य शिविर, शैक्षिक मेला र बृहत सांस्कृतिक कार्यक्रम मेलामा हुनेछ ।” पहिलो दिन गाउँपालिकाभित्र उत्पादन भएका कफी, दाल, मसला, तरकारीलगायतका विभिन्न बालीको प्रचारप्रसार, बालबालिकाको सिर्जना प्रदर्शन, पशुको गोभर जाँच र बन्ध्याकरण, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुनेछ । दोस्रो दिन सास्कृतिक कार्यत्रक्रम , किसान सम्मान लगायतको कार्यक्रम राखिएको छ ।
काभ्रे जिल्लाको खानीखोला र दक्षिण भेगमा रहेको बेथानचोक ,वाग्मती र कोञ्ज्योसोम गाउँपालिकाका जनताले समेत मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस