ठूलादुर्लुङ मेला फागुन १५ मा

महाँकाल गाउँपालिका वडा नं ६ मा यही फागुन १५ र १६ गते ठूलादुर्लुङ मेला आयोजना हुने भएको छ । यहाँको कला, संस्कृति, कृषि, पर्यटन विकास र विस्तारका लागि मेला आयोजना गर्न लागिएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँको कृषि र कला संस्कृति प्रदर्शनी, स्वास्थ्य शिविर, शैक्षिक मेला र बृहत सांस्कृतिक कार्यक्रम मेलामा हुनेछ ।” पहिलो दिन गाउँपालिकाभित्र उत्पादन भएका कफी, दाल, मसला, तरकारीलगायतका विभिन्न बालीको प्रचारप्रसार, बालबालिकाको सिर्जना प्रदर्शन, पशुको गोभर जाँच र बन्ध्याकरण, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुनेछ । दोस्रो दिन सास्कृतिक कार्यत्रक्रम , किसान सम्मान लगायतको कार्यक्रम राखिएको छ ।
काभ्रे जिल्लाको खानीखोला र दक्षिण भेगमा रहेको बेथानचोक ,वाग्मती र कोञ्ज्योसोम गाउँपालिकाका जनताले समेत मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस